सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • साका, बेलिङ्घम र स्टर्लिङको गोलमा इंग्ल्यान्डलाई पहिलो हाफमै ३-० को अग्रता

साका, बेलिङ्घम र स्टर्लिङको गोलमा इंग्ल्यान्डलाई पहिलो हाफमै ३-० को अग्रता

साकाले ४२ औं मिनेटमा र रहिमले खेलको इन्ज्युरी समयमा गोल गरेका थिए। स्टर्लिङले विश्वकपमा यो पहिलो गोल गरेका हुन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

काठमाडौं– कतार विश्वकपमा पहिलो इंग्ल्यान्डले पहिलो हाफमा नै इरानविरुद्ध तीन गोलको अग्रता बनाएको छ। कतारको दोहास्थित रंगशालामा भएको खेलमा जुडे बलिङघमले खेलको ३४औं मिनेटमै गोल गरेपछि इंग्ल्यान्डले अग्रता बनाएको हो।

खेलको १० मिनेट नहुँदै इरानले पहिलो रोजाइको गोलकिपर गुमाएपछि उनी 'सब्टिच्युट' भएका थिए। पहिलो पटक गल्फ देशमा भइरहेको प्रतियोगितामा मा इरानले पहिलो हाफमै गोल व्यहोरेको हो।

इंग्ल्यान्डका लागि जुडे बेलिङघम र बुकायो साका र रहिम स्टर्लिङले गोल गरेका हुन्। साकाले ४२ औं मिनेटमा र रहिमले खेलको इन्ज्युरी समयमा गोल गरेका थिए। स्टर्लिङले विश्वकपमा यो पहिलो गोल गरेका हुन्।

त्यस्तै, २००३ को जनवरी २९ मा जन्मिएका बेलिङ्घमले इंग्ल्यान्डको लागि सुरुवाति गोल गरेसँगै उनी इंग्ल्यान्डबाट गोल गर्ने सबैभन्दा युवा खेलाडीसमेत बनेका छन्।

पहिलो हाफका गोलकिपरको इन्ज्युरी कारण सुरुआतमै खेल लामो समय रोकिएपछि १४ मिनेटका इन्ज्युरी समय थप गरिएको थियो।

प्रकाशित: Nov 21, 2022| 19:50 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।