मंगलबार, असार ९, २०८३

मोरङका २ क्षेत्रमा गठबन्धन र एउटामा स्वतन्त्र अघि

गणना भइरहेकामध्ये ३ वटामा प्रत्यक्ष तर्फ र क्षेत्र नं. ३ मा समानुपातिकको मत गणना भइरहेको हो।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

विराटनगर– मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये अहिले ४ वटा क्षेत्रको मतगणना जारी छ। गणना भइरहेकामध्ये ३ वटामा प्रत्यक्ष तर्फ र क्षेत्र नं. ३ मा समानुपातिकको मत गणना भइरहेको हो। 

National life

प्रत्यक्ष तर्फ मतगणना भइरहेका मोरङ ४ र मोरङ ६ मा सत्तारुढ गठबन्धनले अग्रता कायम गरेको छ। क्षेत्र ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले अग्रता कायम गरेका छन्। २ हजार १४४ मत गणना हुँदा एमालेका विनोद ढकाललाई पछि पार्दै मोदीले १ हजार १४८ मत पाएका छन्। ढकालले ६३१ मत पाए। 

क्षेत्र नं ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ७२१ मतसहित अग्रता कायम गरेका हुन्।  १ हजार ६४७ मत गणना हुँदा एमालेका पण्डितले ५३४ मत सहित पछ्याइरहेका छन्। 

मोरङ-५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) ले अग्रता कायम गरेका छन्। २ हजार ४६ मत गणना गर्दा स्वतन्त्रका मण्डलले १ हजार ५५३ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डलले ५७० र जनता समाजवादी पार्टीका राजकुमार यादवले २८६ मत प्राप्त गरे। 

मोरङ-३ मा समानुपातिकतर्फ नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। कांग्रेसले ४६८ मत पाउँदा एमालेले १८५ र राप्रपाले १०४ मत प्राप्त पाएका छन्। 

Shivam cement

मोरङका ४, ५ र ६ को आदर्श मावि विराटनगरमा, क्षेत्र नम्बर १ को उर्लाबारी, २ को रतुवामाईको विश्वनाथ मन्दिर र क्षेत्र नं. ३ को भगवती मावि बेलबारीमा गणना भइरहेको छ।

दिउँसो साढे १ बेजेदेखि क्षेत्र नं. ३, ४, ५ र ६ को मतगणना शुरु भएको हो। मोरङ १ को गणना सुरु गर्ने तयारी भइरहेको छ। मोरङ २ मा राति १० बजेदेखि मतगणना सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: Nov 21, 2022| 19:15 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...