बैठकको लागि कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे प्रदेशसभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्ने भएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ।
बुधबार मात्रै दमौली बजारमा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न भयो। प्रतियोगितामा १५ विद्यालयले सहभागिता जनाए। जिल्लामा बास्केटबल प्रतियोगिता आयोजना भएको पहिलो पटक हो।
एयरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई सुरक्षामा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी उडान रोक्ने निर्णय भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिए।