सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आन्तरिक पर्यटनको गन्तव्य बन्यो काभ्रेको 'ब्रम्हायणी उद्यान'

आन्तरिक पर्यटनको गन्तव्य बन्यो काभ्रेको 'ब्रम्हायणी उद्यान'

उनी सामाजिक सञ्जाल टिकटकमा ब्रम्हाको पूर्णकदको मूर्तिसहितको उद्यान बनेको थाहा पाएपछि घुम्न आएको आएकी हुन्।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काभ्रे- ललितपुरकी शान्ति खड्की नालामा रहेको ब्रम्हायणी उद्यान घुम्न पाउँदा दंग छिन्। उनी सामाजिक सञ्जाल टिकटकमा ब्रम्हाको पूर्णकदको मूर्तिसहितको उद्यान बनेको थाहा पाएपछि घुम्न आएको आएकी हुन्।

National life

‘अग्लो ठाउँमा उज्यालो देखिने ब्रम्हाको मूर्तिसहितको पार्क निकै रमाइलो र मनमोहक देखिन्छ। यहाँको सुन्दरतालाई जोगाएर राख्न सके थप आकर्षणको केन्द्र बन्नेछ’, खड्काले भनिन्, घुम्न गएको ठाउँमध्ये नालाको ब्रम्हायणी उद्यान निकै आकर्षक देखिन्छ।’

टिकटकमा यहाँको दृश्यसहितको सन्देश हेरेर आन्तरिक पर्यटक घुम्न आउने गरेको स्थानीयवासीले बताए। अहिले ब्रम्हायणी उद्यान घुम्न र दर्शनका लागि आन्तरिक पर्यटकको संख्या वृद्धि हुँदै गएको छ।

नाला बजार निवासी श्याममाया देउला पनि आमालाई लिएर ब्रम्हायणी उद्यान घुम्न आएकी छिन्। उनले घर नजिकै धार्मिक पर्यटकीय केन्द्र बनेको र टाढा टाढाबाट मानिस घुम्न आएको देखेर आफू आएको जानकारी दिइन्।

शनिबारका दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ मन्दिरै मन्दिरले घेरिएकाले यहाँ धार्मिक पर्यटक बढ्ने गरेको ब्रम्हा उद्यानले नाला क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको छ।

kumari

भूइँचालोडाँडा नामले चिनिने सो ठाउँमा उद्यान बनेपछि नयाँ गन्तव्य थपिएको हो। नाला क्षेत्रमा ऐतिहासिक तथा धार्मिक करुणामाई, उग्रचण्डी र नाला भगवतीलगायत मन्दिर छन्।

महादेव खोला ब्रम्हायाणी उत्तरगया विकास समाजले नाला धार्मिक पर्यटनको अर्को गन्तब्य बनाउने उद्देश्यले ब्रम्हाको पूर्णकदसहितको मूर्ति बनाएको जनाएको छ। यहाँ ब्रम्हासहित दश अवतार मत्स्य, कुर्म, बराह, नृसिंह, परशुराम, बामन, राम, कृष्ण, बुद्ध, कल्किको मूर्ति निर्माण गरिएको छ। चर्तुरायण ब्रम्हायणीको मूर्ति राखेर दश अवतारका देवता भएको उद्यान निर्माण गरेपछि स्थानीयवासीले व्यवसाय गरेर आम्दानी गर्न थालेका छन्।

करिब एक महिना अगाडिदेखि उद्यान छेउमा चटपटे, पानीपुरी र अन्य तयारी सामान बिक्री गरी व्यवसाय सञ्चालन गर्दै आएकी नाला-४ की मञ्जु खत्रीले दैनिक एक हजार आम्दानी गर्दै आएको बताइन्।

अरु बेला मानिसको आवागमन सामान्य रहेपछि बिदाको दिन र शनिबार घुम्न आउनेको घुइँचो लाग्ने गरेको उनले जानकारी दिइन्। पछिल्लो समयमा सो ठाउँमा घुम्न जानेको संख्या उल्लेख्य वृद्धि भएपछि उद्यान आसपासमा आधा दर्जन साना व्यसवसायीले व्यवसाय सुरु गरेर आम्दानी लिन थालेका छन्।

करिब ९० रोपनी क्षेत्रफलमा फैलिएमध्येको खाली क्षेत्रमा पार्कसहितको बगैँचा निर्माण गर्न लागिरहेको समितिका अध्यक्ष पुरुषोत्तम सापकोटाले बताए। स्थानीयस्तरबाट नै चन्दा संकलन गरी निर्माण गरिएको उद्यान र ब्रम्हमूर्तिको राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ३० गते उद्घाटन गरेकी थिइन्।

प्रकाशित: Feb 20, 2023| 22:00 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।