सात दलीय गठबन्धन भत्काउनुअघि नै प्रचण्डको सरकारलाई विश्वासको मत दिएको कांग्रेस र विश्वासको मत फिर्ता लिएको एमाले दुवै सदनमा प्रतिपक्षी बेन्चमा बस्ने भएका हुन्।
सभापति देउवाले प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदीय दल कार्यसमितिमा रहेकाहरूसँग समसामयिक राजनीतिक घटनाक्रम र अब कसरी अघि बढ्ने भन्नेलगायत विषयमा बुधबार बिहान कुराकानी गरेका हुन्।
गत पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापे पनि उक्त ढोक्सामा माछा नपर्ने बताएका थिए।