शनिबार, कात्तिक ८, २०८२

पिएसजीका डिफेन्डर हाकिमीलाई बलात्कारको आरोप

 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं– फ्रान्सेली सरकारी वकिलले मोरक्को तथा पेरिस सेन्ट जर्मेनका डिफेन्डर असरफ हाकिमीविरुद्ध बलात्कारको मुद्दा दायर गरेसँगै बलात्कारको प्रारम्भिक अनुसन्धान थालेका छन्। अभियोजनकर्ताहरूले मोरक्कोका डिफेन्डर हाकिमीले २४ वर्षीया महिलालाई घरमा बलात्कार गरेको आरोपबारे अनुसन्धान थालेका हुन्।

Kumaribank

ती महिलाले गत आइतबार प्रहरी चौकीमा घटनाबारे जानकारी गराए पनि आरोप दर्ता भएको थिएन। पेरिसको पश्चिमी क्षेत्रमा रहेको नान्टेरेमा मुद्दा हेर्ने सार्वजनिक अभियोजकको कार्यालयले अनुसन्धान सुरु गरेको हो।

स्पेनमा जन्मेका हाकिमी कतार विश्वकपमा मोरोक्को राष्ट्रिय टिमका एक प्रमुख खेलाडी थिए। उनको उत्कृष्ट प्रदर्शनमा मोरक्कोले कतारमा भएको विश्वकपको सेमिफाइनलमा पुगेर इतिहास रचेको थियो। मोरक्को यसो गर्ने पहिलो अफ्रिकी टोली हो।

उनको प्रदर्शनले उनलाई सोमबार साँझ पेरिसमा आयोजित उत्कृष्ट फिफा फुटबल अवार्ड समारोहमा सम्मानित गरिएको देख्यो, जहाँ उनी वर्षको फिफप्रो पुरुष विश्व टोलीमा समावेश भएका थिए। हाकिमी र पिएसजी दुवैले यो बारेमा धारणा राखेका छैनन्।

प्रकाशित: Mar 01, 2023| 11:36 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।