शुक्रबार, कात्तिक ७, २०८२

खेलमा फर्केपछि फोडेनले भने- बीचको समय निकै खराब रह्यो

 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं-  लामो समयको इन्ज्युरी समस्याका कारण मैदान बाहिर रहेका म्यानचेस्टर सिटीका अट्याकिङ मिडफिल्डर फिल फोडेन मैदानमा फर्किएका छन्। मंगलबार राति एफए कपमा दुई गोल गरेर सनसनी मच्चाएर मैदानमा फर्किएको आभाष दिएका फोडेन शतप्रतिसत फिट भएको बताएका छन्।

Kumaribank

कतार विश्वकपमा इंग्ल्यान्डका खेलाडीले घुँडाको चोट बोकेका थिए। त्यसपछि सिटीबाट उनको खेल पनि खस्किएको थियो। टिममा रियाद महरेज र ज्याक ग्रिलिस उत्कृष्ट खेलाडी रहेको समयमा उनले आफ्नो स्थानबाट धेरै खेलको सुरुआति ११ मा खेल्ने अवसर पाएका थिएनन्।

तर गएराति अवसर पाएका उनले दुई गोल दागेका हुन्। एफए कपअन्तर्गत प्रि क्वार्टरफाइनल खेलमा उनले महरेजको पासमा सात मिनेटमै ब्रिस्टोल सिटीविरुद्ध गोल गरेका थिए। उनको गोलले नै सिटी पहिलो हाफमा एक गोलले अघि रहेको थियो।

खेलको ७४ औं मिनेटमा अल्वारेजले दिएको पासलाई फोडेनले नै गोलमा परिणत गरेर अग्रतालाई २–० मा पुर्याएका थिए। फेरि आफ्नो लयमा फर्किएका डि ब्रुएनाले ८१ औं मिनेटमा गोल गरेपछि सिटीले ३–० को जित निकालेको हो।

‘म अहिले शतप्रतिसत ठीक भइसकेको छु र फिट पनि छु,’ खेलपछि फिल फोडेनले भनेका छन्, ‘यो बीचको समय मेरो लागि निकै खराब रह्यो। सायद जीवनकै खराब समय।’

Metro Mart

यता गएरातिको खेल हेरेपछि प्रशिक्षक पेप ग्वार्डिओलाले पनि फिललाई सिजनकै उत्कृष्ट अवस्थामा रहेको दाबी गरेका छन्। ‘मैले मेरो खुट्टासँग धेरै सहज अनुभव गरिहेको छु,’ फोडेनले भनेका छन्, ‘तर सबैले यस्तो समस्याको अनुभव गरिरहेका हुन्छन्।’

प्रकाशित: Mar 01, 2023| 11:30 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।