शनिबार, जेठ २, २०८३

रास्वपाका सातै प्रदेशमा प्रदेश समिति गठन

पार्टी संगठन मुलुकव्यापी बनाउने उद्देश्यले सात वटै प्रदेशमा प्रदेश समिति गठन गरिएको रास्वपाले बताएको छ।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ। पार्टीले समिति गठनसँगै जिम्मेवारीसमेत तोकेको छ।

National life

रास्वपाका अनुसार प्रदेश १ समितिको सभापतिमा राजेश तिम्सिनालाई चयन गरिएको छ। 

मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको  छ।
गण्डकी प्रदेशको सभापतिमा राजन गौतम चयन भएका छन्। 

लुम्बिनीको सभापतिमा देवराज पाठक र कर्णालीको सभापतिमा धीरजबहादुर वलीले जिम्मेवारी पाएका छन्।

सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको रास्वापले जनाएको छ।

४ मंसिरको निर्वाचनमा रास्वपाले प्रदेश संरचनाबारे असहमति जनाउँदै उम्मेदवारी घोषणा गरेको थिएन। पार्टी संगठन मुलुकव्यापी बनाउने उद्देश्यले सात वटै प्रदेशमा प्रदेश समिति गठन गरिएको रास्वपाले बताएको छ।
 

प्रकाशित: Mar 01, 2023| 11:48 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...