आइतबार, वैशाख १३, २०८३

सम्भावित दुर्घटनाबाट मुस्किलले जोगिए तीन विमान

अवतरण अनुमति पर्खाइमा रहेकै बेला कतार एयरवेजको जहाजले नेवानि जहाजसँगको दूरी १ हजार फिटबाट २ सय फिट नजिक बनाएपछि दुर्घटनाको सम्भावना बढेको थियो।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं– काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि पालो कुरिरहेका तीन वटा विमान सम्भावित दुर्घटना हुनबाट मुस्किलले जोगिएका छन्।

National life

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि पालो पर्खिरहेका तीन वटा जहाज १ हजार फिट समान दूरीको अन्तरमा थिए। बाराको सिमरामा बुद्ध एयरलाइन्स, नेपाल एयरलाइन्स र कतार एयरवेजको विमान जमिनबाट १ हजार फिटको दूरी (भर्टिकल सेप्रेसन) कायम गरी अवतरणको पालो कुरिरहेका थिए। 

अवतरणका लागि पालो कुरिरहेकामध्ये बुद्ध एयरको जहाज ११ हजार ५ सय फिटमा, नेवानिको जहाज १२ हजार ५ सय फिटमा र कतार एयरवेजको जहाज १३ हजार ५ सय फिटमा रहेका थिए।

पहिलो अवतरण गर्ने पालो बुद्ध एयरको भए पनि  विमानस्थलस्थित  एटीसी (एयर ट्राफिक कन्ट्रोलर)ले अवतरण अनुमति कसैलाई दिएको थिएन। 

अवतरण अनुमति पर्खाइमा रहेकै बेला कतार एयरवेजको जहाजले नेवानि जहाजसँगको दूरी १ हजार फिटबाट २ सय फिट नजिक बनाएपछि दुर्घटनाको सम्भावना बढेको थियो। अनुमति र जानकारीबिनै एक्कासि कतार एयरवेजको जहाज १२ हजार ८ सय फिटमा आएपछि निगमको ट्राफिक कोलिजन एभोडेन्स सिस्टम (टिकास)मा अलर्ट आएको र निगमका पाइलटले एटीसीलाई रिपोर्ट गरेपछि कतारले जहाज थप उचाइमा लगेको थियो। 

kumari

त्यतिन्जेल बुद्धले अवतरण गरिसकेकाले जहाजको उचाइ दूरी सन्तुलन गर्न सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार के कति कारणले कतारको पाइलटले जहाज तल ल्याए भन्नेबारे अनुसन्धान भइरहेको छ। 

प्रकाशित: Mar 01, 2023| 12:04 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।