शनिबार, वैशाख २२, २०८१

दार्चुलामा गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार

दार्चुलाको अपी हिमाल गाउँपालिकाकी गर्भवती महिला सुरन्ती बोहराको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

दार्चुला- दार्चुलाको अपी हिमाल गाउँपालिकाकी गर्भवती महिला सुरन्ती बोहराको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेपछि ६ घण्टा हिँडाइएकी सुरन्ती बोहराको गर्भमै शिशुको मृत्यु भएको छ भने आमाको ज्यान जोखिममा परेपछि हेलिकोप्टरबाट उद्धार गरिएको हो।

triton college

अपी हिमाल गाउँपालिका-३ का २२ वर्षीया सुरन्तीलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो। चिकित्सकले सोमबार राति मृत शिशु निकालेको खण्डेश्वरी स्वास्थ्य चौकीले जनाएको छ।

गाउँमा स्वास्थ्य केन्द्र नहुँदा सुरन्तीलाई सुरुमा दुई घण्टा हिँडाएर पालिकाको पाथास्थित आधारभूत स्वास्थ्य इकाई पुर्‍याइएको थियो। स्थानीय स्वास्थ्य चौकीमा उपचार असम्भव भएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रमबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सुरन्तीलाई सुर्खेत रिफर गरिएको अपी हिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह बोहराले जानकारी दिए।

पेट भित्रै बच्चाको निधन भएको र आमाको समेत स्वास्थ्यवस्था गम्भीर रहेको उनको भनाइ छ।

प्रकाशित: Mar 01, 2023| 10:07 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।