शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिनिधिसभा बैठकमा कांग्रेस, एमाले दुवैको रोजाइ प्रतिपक्षी बेन्च

प्रतिनिधिसभा बैठकमा कांग्रेस, एमाले दुवैको रोजाइ प्रतिपक्षी बेन्च

सात दलीय गठबन्धन भत्काउनुअघि नै प्रचण्डको सरकारलाई विश्वासको मत दिएको कांग्रेस र विश्वासको मत फिर्ता लिएको एमाले दुवै सदनमा प्रतिपक्षी बेन्चमा बस्ने भएका हुन्।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं– १५ फागुनपछि सरकार छाडेको एमाले र सत्तारुढ हुनै लागेको नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकलाई पनि नाटक मञ्चन स्थल बनाउँदै छन्। प्रतिनिधिसभामा एमाले र कांग्रेस दुवै प्रतिपक्षको बेन्चमा बस्ने भएपछि बैठकको दृश्य रोमाञ्चक देखिने भएको हो।

National life

सात दलीय गठबन्धन भत्काउनुअघि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई विश्वासको मत दिएको कांग्रेस र विश्वासको मत फिर्ता लिएको एमाले दुवै प्रतिपक्षको मञ्चमा बस्ने भएका हुन्।

सरकारलाई विश्वासको मत दिएकाले कांग्रेसलाई प्रतिपक्षबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परिरहेका बेला आजको बैठकमा पनि प्रतिपक्षको कुर्सीमै बस्न लागेको प्रमुख सचेतक रमेश लेखकले बताए। उनले भने, ‘सरकारलाई विश्वासको मत दिए पनि मन्त्री भइनसकेकाले प्रतिपक्षीको कुर्सीमै बस्छौं।’

प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन र सरकारबाट बाहिरिएसँगै एमाले प्रतिपक्षमा बस्नेछ। एमालेले आफूलाई प्रतिपक्षी बेन्च बनाइदिन  संसद् सचिवालयमा जानकारी गराइसकेको बुझिएको छ।

प्रकाशित: Mar 01, 2023| 11:01 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...