आफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टि निवासी २० वर्षीय दिलीपकुमार साह रहेका छन्।
गत जेठमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई मङ्सिर २३ गतेभित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिए पनि उनीहरुले समयमै कृषि र गैरकृषि जमिन छुट्टयाउन सकेका छैनन्।
नेपाली कांग्रेसको इतर पक्षका नेताहरूको बैठक आज बस्दै छ। शेखर कोइरालाको सम्पर्क कार्यालयमा बस्ने इतरपक्षको बैठकमा यो पक्षका पार्टी पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको छ।
एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन्।
गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गते आह्वान गरिएको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्।