मंगलबार, कात्तिक ११, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएल क्रिकेटमा चेन्नाईलाई पराजित गर्दै गुजरातको विजयी सुरुवात

आईपीएल क्रिकेटमा चेन्नाईलाई पराजित गर्दै गुजरातको विजयी सुरुवात

१६औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साबिक विजेता गुजरात टाईटन्सले विजयी सुरुवात गरेको छ।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

काठमाडौं- १६औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साबिक विजेता गुजरात टाईटन्सले विजयी सुरुवात गरेको छ। गएराति भएको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्स ५ विकेटले पराजित गर्दै गुजरातले विजयी सुरुवात गरेको हो।

Kumaribank

आईपीएलमा चेन्नाईसँग भएको तीन खेलमा गुजरात अपराजित रहेको छ। अहमदाबादमा चेन्नाईले दिएको १ सय ७९ रनको लक्ष्य घरेलु टोली गुजरातले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो । गुजरातका शुभमन गिलले ६३ रन बनाए। त्यस्तै विजय शंकरले २७, रिद्धिमान शाहले २५ र इम्प्याक्ट प्लेयरका रुपमा केन विलियम्सको ठाउँमा मौका पाएका साई सुदर्शनले २२ रन बनाए।

चेन्नाईका राजवर्धन हांगर्गेकरले ३ तथा तुसारदेश पाण्डे र रविन्द्र जडेजाले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाहुना टोली चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो। उसका ऋतुराज गायकवाडले सर्वाधिक ९२ रन बनाए । मोईन अलिले २३ रन तथा शिबम दुवेले १९ रन जोडे। कप्तान महेन्द्रसिँह धोनी १४ रनमा अविजित रहे।

गुजरातका मोहम्मद सामी, अल्जारी जासेफ र राशिद खानले समान दुई/दुई विकेट लिए । गुजरातले २ अंक जोडेको छ। आईपीएल क्रिकेटमा १० टोली सहभागी छन्।

प्रकाशित: Apr 01, 2023| 06:46 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।