मंगलबार, असार ११, २०८१

himalayan bankhimalayan bank

कर्णालीको कथामा 'बुलाकी'

 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं- नेपाली चलचित्रमा ग्रामीण परिवेश र कथालाई केही समययता देखाउनेक्रम बढेको छ। मौलिक नेपाली चलचित्रमा स्थानीय भाषा, पहिरन र संस्कृतिलाई समेटिने गरिन्छ। कर्णालीमै डेढ महिना छायाङ्कन गरिएको चलचित्र ‘बुलाकी’को काठमाडौँमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेत्री सुरक्षा पन्तले मनोरञ्जन, मौलिकतासँगै संस्कृतिलाई समेटेर तयार गरिएको जानकारी दिइन्। 

triton college

“कर्णाली ठाउँ विकट भए पनि त्यहाँका मान्छे दुःखी छैनन्। हामीले चलचित्रमार्फत अहिले पनि त्यहाँ सुनिने जारी प्रथाको कथालाई उठाएका छौँ”, उनले भनिन्, “यसले प्रथाको प्रभावलाई देखाएको छ। त्यो ठिक होइन भन्ने सन्देश समाजलाई दिन्छ। ” उनले निर्देशक लक्ष्मण सुनार स्थानीय भएकाले काम गर्न सजिलो भएको जानकारी दिँदै स्थानीय लवजसँगै पहिरन, खानपिनमै रहेर छायाङ्कन गरिएको चलचित्रमार्फत महिलाको कथा भन्न खोजिएको बताइन्। 

चलचित्रमा अभिनेत्री पन्तको श्रीमान्को भूमिका निर्वाह गरेका अभिनेता नरेन खड्काले कर्णालीको एउटा समाज र परिवार देखाइएको बताए। “यसलाई नेपाली मौलिक चलचित्र भनेर जहाँ पनि देखाउन सकिन्छ। हामीले व्यावसायिकभन्दा मौलिकता झल्कने चलचित्र बनाएका छौँ”, उनले भने, “चलचित्र पर्दामा हेरिरहँदा कर्णालीका बासिन्दाले आफूलाई पात्रसँग कनेक्ट गर्नुहुनेमा विश्वस्त छु।”

अभिनेता रमेश बुढाथोकीले नयाँपुस्ताको काम र लगावको प्रशंसा गरे। उनले भने, “कलाकारले जीवन्त अभिनय गर्नुभएको छ। आफ्नो पात्रलाई लिएर गर्ने तयारी अहिलेका कलाकारमा झनै राम्रो छ। सबैले आफ्नो पात्रलाई न्याय दिनुभएको छ।” यसमा विराज विष्ट, लक्ष्मी गिरी, कूलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईंलगायतका कलाकारले अभिनय गरेका छन्। 

चलचित्रमा शिव ढकालले छायाङ्कन, अर्जुन जिसीले सम्पादन, राजबहादुर सानेले कथा लेखन, लेखक साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता विष्टले पटकथा तथा संवाद तयार गरेका हुन्। डोल्पा, जाजरकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको चलचित्र अगामी वैशाख १ गते प्रदर्शनमा आउँदैछ। 

Metro Mart

प्रकाशित: Mar 31, 2023| 22:02 शुक्रबार, चैत १७, २०७९
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।