शुक्रबार, फागुन १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि घरेलु टोली नेपालले जित्यो

प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि घरेलु टोली नेपालले जित्यो

प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि घरेलु टोली नेपालले जितेको छ।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं- प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि घरेलु टोली नेपालले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज  साँझ भएको फाइनल खेलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

National life

खेलको १७ औँ मिनेटमा फत्ताबोङ साङबिले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए। लगत्तै त्यसको ७ मिनेटपछि २४ औँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपालका लागि बराबरी गोल फर्काए। खेलको ८८ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई उपाधि जिताए।

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर पाएको छ भने उपविजेता बनेको लाओसले ३ हजार अमेरिकी डलरमा चित्त बुझाएको छ। आयुष घलान प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै ५ सय अमेरिकी डलर पाए।

नेपालले घरेलु मैदानमा दोस्रो पटक थ्री नेसन्स कपको उपाधि जितेको हो। यसअघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो। फाइनलमा बंगलादेशलाई पराजित गर्दे नेपाल विजेता बनेको थियो।

नेपालको जितमा प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासी पनि सफल देखिएका छन्। प्रशिक्षकको जिम्मेवारी सम्हालेको पहिलो प्रतियोगिताबाटै उनले नेपाललाई उपाधि दिलाएका छन्।

Laxmi sunrise bank

प्रकाशित: Mar 31, 2023| 20:21 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।