मंगलबार, वैशाख २२, २०८३

समाज

पोखरा विमान दुर्घटना : के-के भयो ६ घण्टामा?

चालक दलका चार सदस्य र ६८ जना यात्रु सवार विमान दुर्घटनाको खबरले सिंगै देश शोकमग्न बनेको छ। साँझ ५ बजेसम्मको अपडेटअनुसार ६९ जनाको दुर्घटनास्थलबाट निकालि सकिएको कास्की प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

जहाज दुर्घटनाका मृतकको संख्या ६८ पुग्यो

विमानमा चार जना चालक दलबाहेक महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ यात्रु रहेका थिए।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

विमान दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

आन्तरिक उडानमा अहिलेसम्मकै ठूलो दुर्घटना

एटीआर जहाजलाई नेपालमा सबैभन्दा सुरक्षित मानिन्छ। अहिलेसम्म नेपालमा कुनै पनि एटीआर विमान दुर्घटना नभएको जानकारहरु बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

विमान दुर्घटना अपडेट : पाँच जनाको सनाखत

आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार २९ जनाको शव विमान खसेको खोँचबाट निकालेर अस्पताल पठाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

सामाजिक सञ्जालमा शोक बिदाको विरोध

नागरिकको मृत्युमा सरकार संवेदनशील हुनु राम्रो भए पनि बिदा नै दिनु उपयुक्त नहुने भन्दै सामाजिक सञ्जालमा बिदाको विरोध भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

सल्लाहकारले रोके पोखरा जान प्रधानमन्त्रीलाई

भीआईपी सवारीले उद्वारमा समस्या आउन सक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने कार्यक्रम स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

विमान दुर्घटना अपडेट : शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो

पोष्टमार्टमका लागि ३० जनाको शव यतिबेला प्रतिष्ठानमा भएको प्रतिष्ठानका निर्देशक प्रा.डा. भरत बहादुर खत्रीले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

सबै विमानको प्राविधिक परीक्षण गराउन सरकारको निर्देशन

मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो। आज बिहान पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परेपछि बैठक बसेको थियो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

यती एयरलाइन्सले दियो विमान दुर्घटनाको आधिकारिक जानकारी

एयरलाइन्सले विज्ञप्ती जारी गर्दै विमान आइतबार बिहान काठमाडौंबाट पोखराको लागि १०:३२ बजे उडेको र अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा

सरकारले पोखरामा भएको विमान दुर्घटनाको शोकमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्‍को आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

माघे संक्रान्तिको रौनकबीच शोकमा देश

चाडको रौनककै बीच बिहान ११ बजेतिर एउटा दुखद् खबर फैलियो विमान दुर्घटनाको। बिहान साढे १० बजे काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलायन्सको विमान दुर्घटना भएको पुष्टि केहीबेरमै भइहाल्यो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ। काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका...
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको समवेदना

दुवै नेताले विमान दुर्घटनामा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

दुर्घटनाग्रस्त विमानमा १५ जना विदेशी सवार थिए

पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा सवार ७२ जनाकै विवरण खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

दुर्घटनाग्रस्त विमानमा सवार यात्रुको पहिचान खुल्यो

पोखरामा आज बिहान भएको यती एयरलाइन्सको दुर्घटनामा आठ जना विदेशी र छ जना शिशु रहेको खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

विमान दुर्घटना: बिदा मनाउन बच्चासहित पोखरा जाँदैथिए ट्रमा सेन्टरका चिकित्सक दम्पती

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकार पनि सवार रहेको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

विमानले दुर्घटना हुनुअघि अवतरण अनुमति लिएको खुलासा

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १०ः३३ बजे काठमाडौं विमानस्थलबाट उडान भरेको विमानले दुर्घटनाअघि अवतरण अनुमति लिएको जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९