नेपाली कांग्रेसका नेता तथा काठमाडौं १ का उम्मेदवार प्रकाशमान सिंहले संविधानको कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन्।
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका बहुजन शक्ति पार्टीका नारायण पासवानले कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गरेका छन्।
‘यसअघि हामीले विभिन्न निर्वाचनमा अलग–अलग प्रतिस्पर्धा गरेर आएका हौं,’ उनले भने, ‘तर, यो पटक देश, संविधान र गणतन्त्र बचाउनका लागि भएपनि गठबन्धन आवश्यक परेको हो।’
नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै चुनावी घरदैलो अभियान सुरु गरेका छन्।