शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सत्ता गुम्दा कांग्रेसमा किचलो, आगामी रणनीति के?

प्रवक्ता महतले भने, ‘विश्वासमा गठबन्धन अघि बढ्नु पर्ने हो। तर, कहिलेकाहीँ आँकलन गरेजस्तो हुँदैन। केही छैन, विचलित हुनुपर्ने अवस्था छैन। ‘वी विल कम ब्याक’ भनेर सभापतिले भन्नुहुन्छ। हामी फेरि सशक्त रूपमा अघि बढ्छौं र सरकारको नेतृत्व लिन्छौं भनेरै उहाँले हौसलापूर्ण कुरा गरिरहनु भएको छ।’
 |  बिहीबार, पुस २१, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

बिहीबार, पुस २१, २०७९

काठमाडौं– नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक–बाम गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गरेसँगै नेताहरूले नयाँ बन्ने सरकार पनि तात्कालिन गठबन्धनभित्रैबाट गठन हुने दाबी गर्दै आएका थिए। तर, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको विषयमा कुरा नमिल्दा राजनीतिक समीकरण बदलिन पुग्यो। त्यसको परिणाम पुस १० गते एमाले नेतृत्वमा सात दलीय गठबन्धन बन्यो। प्रचण्ड एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भए। त्यससँगै अप्रत्याशीतरूपमा लोकतान्त्रिक–बाम गठबन्धनको सहयात्रा टुंगियो। र, मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था सिर्जना भयो।

triton college

सत्ता गठबन्धन टुटेसँगै प्रदेशदेखि केन्द्रसम्म सत्ता गुमाउन पुगेपछि कांग्रेसभित्र पार्टी सभापति देउवाको चर्को आलोचना हुन थालेको छ। धेरैले पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री छोड्न नमानेकै कारण कांग्रेस सत्ताबाट रिङ आउट हुन पुगेको अथ्र्याएका छन्। तर, कांग्रेसले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न सकेको थिएन।

सत्ता गुमेपछि पहिलो पटक बुधबारमात्रै कांग्रेसले पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै आफूहरूले तत्कालीन गठबन्धनका नेताहरूलाई धेरै विश्वास गर्दा यस्तो परिस्थिति आइपरेको जनाएको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गठबन्धन टुट्नुमा कांग्रेस दोषी नभएको बताए। उनले गठबन्धन टुट्नुको कारण प्रचण्डको मुख्य भूमिका रहेको दाबीसमेत गरे।

प्रवक्ता महतले भने, ‘विश्वासमा गठबन्धन अघि बढ्नु पर्ने हो। तर, कहिलेकाहीँ आँकलन गरेजस्तो हुँदैन। केही छैन, विचलित हुनुपर्ने अवस्था छैन। ‘वी विल कम ब्याक’ भनेर सभापतिले भन्नुहुन्छ। हामी फेरि सशक्त रूपमा अघि बढ्छौं र सरकारको नेतृत्व लिन्छौं भनेरै उहाँले हौसलापूर्ण कुरा गरिरहनु भएको छ।’

गठबन्धन टुट्नु र प्रचण्ड प्रधानमन्त्री बनिसकेको अवस्थाबारे सभापति देउवाले सार्वजनिक रूपमा अहिलेसम्म प्रतिक्रिया दिएका छैनन्। सानेपामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता महतलाई पत्रकारहरूले गठबन्धन टुट्नुमा सभापति देउवाको भनाइ के छ भनेर सोधेका थिए।

त्यसको जवाफमा प्रवक्ता महतले भने, ‘विश्वासमा गठबन्धन अघि बढ्नु पर्ने हो। तर, कहिलेकाहीँ आँकलन गरेजस्तो हुँदैन। केही छैन, विचलित हुनुपर्ने अवस्था छैन। ‘वी विल कम ब्याक’ भनेर सभापतिले भन्नुहुन्छ। हामी फेरि सशक्त रूपमा अघि बढ्छौं र सरकारको नेतृत्व लिन्छौं भनेरै उहाँले हौसलापूर्ण कुरा गरिरहनु भएको छ।’

Metro Mart
vianet

केही दिन पहिले नेपाल समयसँगको कुराकानीमा यो सरकारको आयु धेरै नभएको बताएका प्रवक्ता महतले बुधबार पनि पत्रकार सम्मेलनमा उक्त कुरा दोहो¥याए। ‘अहिलेको गठबन्धन सरकार शुद्ध अवसर केन्द्रित हो। त्यसमा राजतन्त्र चाहिनेदेखि लिएर कुनै हालतमा राजतन्त्र हुँदैन, गणतन्त्रकै बाटोमा जानुपर्छ भन्नेसम्मका व्यक्ति छन्। केही दिनमै उनीहरूको स्वार्थ बाझिन थाल्ने छ। र, गठबन्धनको आयु समाप्त हुने छ,’ उनले भने। ‘नो नट अगेन’ भन्दै युवाहरूको साथसहित आएकाहरू पनि यही गठबन्धनमा समाहित भएकालो कांग्रेसले यो गठबन्धनको भविश्य नदेखेको उनको तर्क थियो।

प्रवक्ता महतले त्यो भनिरहँदा उनको दलभित्रै भने कम मतभेद छैन। २२ पुसका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक सर्दै २८ पुसका लागि तय गरिएको छ। कांग्रेसको संस्थापन इत्तर पक्षले नीति महाधिवेशनको माग गर्दै आएको छ। तर, संस्थापन पक्ष भने तत्काल नीति महाधिवेशन आह्वानको पक्षमा देखिँदैन।

प्रकाशित: Jan 05, 2023| 13:47 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...