सोमबार, जेठ ४, २०८३

मधेस प्रदेशमा सरकार गठन आह्वान

प्रदेश प्रमुख मिश्रले कुनै पनि दलको बहुमत नभएपछि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

National life

काठमाडौं– मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकार गठनका आह्वान गरेका छन्। शुक्रबार प्रदेश प्रमुख मिश्रले २८ पुस दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।

१०७ सदस्यीय मधेस प्रदेशसभामा कुनै पनि दलले बहुमत ल्याएका छैनन्। प्रदेश प्रमुख मिश्रले कुनै पनि दलको बहुमत नभएपछि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।

मधेस प्रदेशसभामा नेकपा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र ९–९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १–१ र पाँच स्वतन्त्र सांसद छन्।

प्रकाशित: Jan 06, 2023| 15:20 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...