लामो समय, ठूलो खर्च र झन्झटिलो प्रक्रिया पूरा गर्दै निश्चित विन्दुमा पुगिसकेका त्यस्ता विधेयकले आउँदो प्रतिनिधि सभामा फेरि सुरुदेखिका सबै प्रक्रिया पूरा गर्नुपर्नेछ।
सत्ता गठबन्धनलाई आगामी सरकार गठनका लागि बहुमत नपुगेसँगै प्रधानमन्त्री शेरबहादुर देउवादेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनमत पार्टीका अध्यक्ष सीके राउतलाई फकाउँदै।
हालै सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
काठमाडौं जिल्लाका जनप्रतिनिधिहरुको तर्फबाट मंगलबार ध्यानाकर्षणपत्र जारी गर्दै उनले तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने कामबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
सप्तरीबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएर पराजित भएका पार्टी अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल सकिएको अभिव्यक्ति दिएपछि संघीय परिषद् अध्यक्ष अशोककुमार राईले त्यसलाई यादवको व्यक्तिगत धारणा भएको बताएका छन्।
मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको मत गनिसकिएको छ। तर, निर्वाचन आयोगले समानुपातिकतर्फ खसेको मत भने आज गनेर सक्ने जनाएको छ।
पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।
नेकपा एमालेका नेता एवं पूर्व रक्षामन्त्री भीमबहादुर रावलले भारतले महाकाली नदीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा पनि सरकार मौन बस्नु अस्वभनीय भएको बताएका छन्।
महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा गृह मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाउन आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ।