आइतबार, जेठ ३, २०८३

राष्ट्रपतिमा कांग्रेसलाई बाइपास गर्न नहुने माओवादीको निष्कर्ष

बिहीबार दिउँसो बसेको स्थायी कमिटी बैठकले कांग्रेससहित अन्य दललाई बाइपास गर्न नहुने निष्कर्ष निकालेको हो।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्ने निष्कर्ष निकालेको छ। बिहीबार दिउँसो बसेको स्थायी कमिटी बैठकले कांग्रेससहित अन्य दललाई बाइपास गर्न नहुने निष्कर्ष निकालेको हो।

National life

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सचिव देवेन्द्र पौडेलले राष्ट्रिय सहमति बनाएर राष्ट्रपतिको निर्वाचन अघि बढ्नुपर्ने बताए। ‘राष्ट्रपति सबैको सहमतिमा बन्नुपर्छ। जसरी भारतमा अब्दुल कलामलाई सबैको सहमतिमा राष्ट्रपति बनाइएको थियो। उसैगरी यहाँ पनि सबैको समर्थनमा साझा राष्ट्रपति बनाउने हो। कुनै पार्टीविशेषलाई बाइपास गर्नु राम्रो हुँदैन,’ उनले भने।

राष्ट्रपति लुछाचुँडी गर्ने नभइ राष्ट्राध्यक्ष जस्तो सम्मानित पद भएकाले सबै दलले स्वीकार्ने व्यक्तिलाई निर्वाचित गर्नुपर्ने पार्टीको धारणा रहेको उनले बताए।

राष्ट्रपतिमा नेकपा एमालेले दाबी गरेको छ। तर कांग्रेसले पनि उक्त पदमा आकांक्षा राखेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको आश्वासनमा उनलाई विश्वासको मत दिएको कांग्रेसले माओवादीबाट आफूलाई सहयोग हुने अपेक्षा राखेको छ। यता, माओवादी पनि सभामुख र राष्ट्रपति एउटै पार्टीलाई दिन नहुने पक्षमा छ। बिहीबारको बैठकमा प्रचण्डले सोही विषयमा आफ्नो धारणा राखेको एक स्थायी कमिटी सदस्यले बताए। उनकाअनुसार बैठकमा प्रचण्डले अन्य नेतासँग धारणा मागेका थिए।

प्रकाशित: Jan 26, 2023| 17:59 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...