शनिबार, जेठ २, २०८३

जेलमुक्त भए सांसद चौधरी

२०६६ भदौ ३ गते ट्र्याक्टर जलाएको अभियोगमा चौधरी जिल्ला कारागार कैलालीको थुनामा थिए।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

National life

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज आइतबार जेलमुक्त भएका छन्। २०६६ भदौ ३ गते ट्र्याक्टर जलाएको अभियोगमा चौधरी जिल्ला कारागार कैलालीको थुनामा थिए।

सरकारको सिफारिसमा उनी जेलमुक्त भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा उनीसहित ३९५ जना कैदीको सजाय माफ गरिदिएकी छन्। गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चौधरी कैलाली-२ बाट निर्वाचित भएका हुन्। उनी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन्। 

चौधरीलाई प्रहरीले माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो। ट्र्याक्टरमा आगो लगाएको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ जरिबानासहितको फैसला गरेको थियो। कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्र्याक्टरमा २०६६ भदौ ३ गते आगजनी भएको थियो।

प्रकाशित: Feb 19, 2023| 10:51 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...