आइतबार, चैत १५, २०८२

सन्दिपको उत्कृष्ट बलिङले नेपालले पायो झिनो लक्ष्य 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- आइसीसी टि ट्वान्टी उप क्षेत्रिय क्रिकेट छनोट अन्तरगत म्यानमारविरुद्धको जारी खेलमा नेपालले जितका लागि झिनो लक्ष्य पाएको छ । टस हारेर पहिला फिल्डिङको निम्तो पाएको नेपालका लागि लेग ब्रेक स्पिनर सन्दिप लामिछानेको उत्कृष्ट बलिङ मार्फत नेपालले जितका लागि झिनो लक्ष्य पाएको हो ।

दुई ओरभ बलिङ गरेका सन्दिपले तीन रन खर्चदै चार विकेट लिए । यससँगै नेपालले ३० रानको झिनो लक्ष्य पाएको छ ।

म्यानरमारले १० ओभरमा सबै विकेट गुमाउदै २९ रन मात्र जोड्न सक्यो । म्यानमारका लागि हटेल लिन अउङले सर्वाधिक १६ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । 

नेपालका लागि पहिलो विकेट ललित भन्डारीले लिएका थिए भने दोस्रो विकेट करन केसीले लिए । ललित राजवंशीले तीन विकेट लिए । राजवंशीले तीन ओरभमा दुई मेडिन राख्दै तीन रन खर्चेर तीन विकेट लिएका हुन् । त्यस्तै भन्डारीले तीन ओभरमा १३ रन खर्चदा करनले दुर्इ ओभरमा ८ रनद खर्चदै समान एक एक विकेट लिएका हुन् ।

सन् २००६ मा एसिसि ट्रफीमा म्यानमार ११ रनमा नै अल आउट भएको थियो । जहाँ नोपलले २ बलमा नै खेल जित्दै दुर्लभ कीर्तिमान बनाएको थियो । २०२० मा अष्टेलियामा आयोजना हुने टि ट्वान्टी कपको लागि उप-क्षेत्रिय छनोट खेल्दै नेपालकाे विश्वकपको यात्रा सुर भएको छ ।

प्रतियोगितामा नेपाल सहित आयोजक मलेसिया, चीन, थाइल्यान्ड, भुटान, सिंगापुर र म्यानमार रहेका छन् । यी सबै टोली एक अर्कासँग खेल्ने छन् । यसमा शीर्ष ३ मा पर्ने टोली एसियाली क्षेत्रिय छनोटको लागि छनोट हुने छन् । जसमा पुर्वी र पश्चिम क्षेत्रबाट आएका शीर्ष तीन तीन टोली क्षेत्रिय छनोट प्रतियोगिता खेल्न पाउने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।