मड्रिड (एजेनसी)- बार्सिलोनाको यस सप्ताहमा निरासाजनक नतिजा पछि क्लबका कप्तान लियोनल मेस्सीले टिममा पुर्ण रुपमा क्वालिटी भएपनि एक व्याक्तीमा निर्भर नहुनु पर्ने बताएका छन् । एथलेटिको बिल्बाओद्वारा बार्सिलोना क्याम्प नाउमा १-१ को बराबरीमा रोकिएको थियो ।
उक्त खेलमा बेन्चमा बसेका स्टार खेलाडी मेस्सीले यस्तो अभिव्यक्ती दिएका थिए । प्रशिक्षक एर्नेस्टो भलभर्डेले मेस्सी र मिडफिलडर सर्जिओ बुस्केटलाई बेच्नमा राख्ने निर्णय गरेका थिए । यस निर्णय प्रति कैयौ व्यक्तीले उनको आलदोचना समेत गरेका थिए ।
प्रशिक्षक भलभर्डेले बेम्बलीमा टोटनह्याम हटस्परविरुद्ध बार्सिलोनाको बठिन युइएफए च्याम्पियन्स लिग समूह चरण खेललाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको हुनसक्ने बताइएको छ । मेस्सी उक्त नतिजाले खुसि भएका थिएनन् ।
मेस्सीले भने, ‘टिममा धेरै राम्रो गुण र क्षमता छ । तर, राम्रो नतिजाका लागि एक व्यक्ती माथि निर्भर हुनु हुदैन् ।’ उनले थपे, ‘नतिजा राम्रो रहेन । तर, टिमलाई अगाढी बढाउन र प्रगती गर्न जारी राख्नु पर्ने छ । खेल जित्नका लागि एक खेलाडीमाथि निर्भर हुनु भएन् ।’
बार्सिलोना उक्त स्थानमा म्यानचेस्टर युनाइटेडसँग युसीएल २०१०-११ को आफ्नो जित पछि बेम्बलीमा पहिलो यात्रा गर्दै छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४