मंगलबार, साउन ५, २०८३

टी-२० विश्वकप छनोट : नेपाल फिल्डिङ गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-मलेसियामा आज (बुधबार) बाट शुरु भएको आइसीसी टि ट्वान्टी उप क्षेत्रिय क्रिकेट छनोट अन्तरगत नेपालले आफ्नो पहिलो खेल म्यानमारसँग खेल्दै छ । मलेसियाको कोलालाम्पुरस्थित बायोमास ओभर क्रिकेट मैदानमा नेपालले म्यानमारविरुद्ध फिल्डिङ गर्दै छ ।

नेपाल भन्दा तुलानात्मक रुपमा धरै कमजोर टोली म्यानमारसँग भिड्नु अघि नेपालको सोच फराकिलो अन्तरको जित, नयाँ कीर्तिमान र सुखद सुरुवात गर्ने हुने छ । सन् २००६ मा एसिसि ट्रफीमा म्यानमार ११ रनमा नै अल आउट भएको थियो । जहाँ नोपलले २ बलमा नै खेल जित्दै दुर्लभ कीर्तिमान बनाएको थियो ।

२०२० मा अष्टेलियामा आयोजना हुने टि ट्वान्टी कपको लागि नेपालको यात्रा आजबाट सुरु भएको छ । उप-क्षेत्रिय छनोट खेल्दै विश्वकपको यात्रा सुर भएको हो । प्रतियोगितामा नेपाल सहित आयोजक मलेसिया, चीन, थाइल्यान्ड, भुटान, सिंगापुर र म्यानमार रहेका छन् । 

यी सबै टोली एक अर्कासँग खेल्ने छन् । यसमा शीर्ष ३ मा पर्ने टोली एसियाली क्षेत्रिय छनोटको लागि छनोट हुने छन् । जसमा पुर्वी र पश्चिम क्षेत्रबाट आएका शीर्ष तीन तीन टोली क्षेत्रिय छनोट प्रतियोगिता खेल्न पाउने छन् ।

पूर्वी क्षेत्र अहिले नेपाल खेली रहेको हो भने पश्चिम क्षेत्रबाट युएई, कतार र कुवेत छनोट भई सकेका छन् । क्षेत्रिय छनोट प्रतियोगिताबाट विजेता र उप विजेता टोली ग्लोबल छनोट प्रतियोगिताको लागि टिकट पाउने छन् । ग्लोबल छनोट अर्थात विश्वकप छनोटमा विभिन्न क्षेत्रबाट आएका १४ टोली रहने छन् ।

यी १४ देश मध्य शीर्ष ६ मा स्थानमा बनाउने टोलीले अष्ट्रेलियामा टि ट्वान्टी विश्व कप खेल्नेछन् । विभिन्न चरण पार गर्दै ग्लोबल छनोटमा नेपाल शीर्ष ६ भित्र पर्न सके दोस्रो पटक टी-२० विश्वकपको लागि टिकट पाउने छ । नेपाल यस अघि पहिलो पटक २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टी विश्व कप खेलेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।