सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउन मन्त्रालयको परिपत्र

तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउन मन्त्रालयको परिपत्र

मन्त्रालयले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आयोग, विभाग, प्रतिष्ठान, जिसस र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन निर्देश गरेको हो।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाउन प्रदेश र स्थानीय तहलाई परिपत्र गरेको छ।

National life

शुक्रबार मन्त्रालयले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन निर्देश गरेको हो।

‘राष्ट्रिय प्रजातन्त्र दिवस ६, ७ र ८ फागुन २०७९ तीन दिनसम्म भव्यताका साथ मनाउने सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ मूल समारोह समिति अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा गत २४ माघमा बसेको बैठकबाट पारित कार्यक्रम मुताबिक विभिन्न कार्यक्रम गरी मनाउन अनुरोध छ’, सामान्य प्रशासन मन्त्रालयको परिपत्रमा उल्लेख  छ।

प्रजातन्त्र दिवस मनाउन सबै प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरीय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गर्न भनिएकोे छ। त्यस्तै, सबै सरकारी निकाय, प्रतिष्ठान, संघ–संस्था, कार्यालयमा राष्ट्रिय झन्डा फह¥याउने तथा ६, ७ र ८ फागुन बेलुकी दीप प्रज्वलन कार्यक्रम राखिएको छ।

प्रकाशित: Feb 17, 2023| 14:37 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।