शनिबार, जेठ २, २०८३

शीतलनिवास पुग्यो सांसद चौधरीको कैद मिनाहा फाइल

सरकारको सिफारिसमा राष्ट्रपतिले ७ फागुनको प्रजातन्त्र दिवसका दिन असल चालचलन भएका केही कैदीको कैद माफी मिनाहा गर्ने परम्परा छ।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं– सरकारले सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहा प्रक्रिया अघि बढाउन गरेको निर्णयसहितको फाइल राष्ट्रपति कार्यालय शीतलनिवास पठाएको छ।

National life

गृह मन्त्रालयले सांसद चौधरीको माफी मिनाहाका लागि महान्यायाधिवक्ताको कार्यालयमा पत्र लेखेपछि रायसहितको फाइल मन्त्रिपरिषद् पठाइएको थियो। सोहीअनुसार मन्त्रिपरिषद्बाट राष्ट्रपति कार्यालयमा चौधरीको माफी मिनाहाका लागि फाइल पठाइएको हो।

कैद माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुने संवैधानिक प्रावधान छ। सरकारको सिफारिसमा राष्ट्रपतिले ७ फागुनको प्रजातन्त्र दिवसका दिन असल चालचलन भएका केही कैदीको कैद माफी मिनाहा गर्ने परम्परा छ। 

सांसद चौधरी कैदमुक्त हुनासाथ सांसदको कैलाली २ बाट निर्वाचित सांसद चौधरीलाई अदालतले ट्रयाक्टरमा आगो झोंसेको आरोपमा ६ महिना कैद सजायको फैसला गरेको थियो। फैसलापछि उनी पक्राउ परेका थिए।

प्रकाशित: Feb 17, 2023| 14:26 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...