सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घोडाघोडीमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

घोडाघोडीमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

धनगढी-  कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ।

National life

शुक्रबार राष्ट्रिय युवा संघ नेपाल कैलालीले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको कार्यकक्षमा तालाबन्दी गरेको हो।

विभिन्न माग राख्दै माग पुरा नभएसम्मका लागि तालाबन्दी गरिएको राष्ट्रिय युवा संघ नेपाल कैलालीका अध्यक्ष शिवराज चन्दले बताए। युवा संघले विभिन्न ११ वटा माग राख्दै प्रमुख प्रशाकीय अधिकृतलाई मागपत्र समेत बुझाएको छ।

सवारी साधन मनोमानी ढंगले दुरुपयोग गरेको, नगर कार्यपालिकालाई बन्धकमा राखि समयमा नगर सभा नगरेको, कार्यालय प्रमुख आफ्नो हैसियतमा नबसेर नगरवासीलाई च्यालेन्जिङ शब्द प्रयोग गरी नगर कार्यपालिकालाई सामाजिक सञ्जालमा बदनाम गरेको लगायत आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ।

प्रकाशित: Feb 17, 2023| 14:00 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।