सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली सेनाको निम्तोमा काठमाडौं ओर्लिए भारतीय सेनाका चार पूर्वसेनापति

नेपाली सेनाको निम्तोमा काठमाडौं ओर्लिए भारतीय सेनाका चार पूर्वसेनापति

नेपाली सेनाले भारतका वहालवाला सेनाप्रमुखसहित १२ जनालाई आफ्नो स्थापना दिवसमा भाग लिन निम्तो पठाएको छ।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं– ७ फागुनको प्रजातन्त्र दिवसका दिन नेपाली सेनाको स्थापना दिवस विशेष कार्यक्रममा भाग लिन भारतीय सेनाका चार पूर्वप्रमुख काठमाडौं आइपुगेका छन्। नेपाली सेनाले यस वर्ष  २६०औं स्थापना दिवस मनाउँदै छ।

National life

नेपाली सेनाका अनुसार काठमाडौं आउने भारतीय पूर्वसेनाध्यक्षमा  विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह,  दीपक कपुर र दलवीरसिंह सुहाग रहेका छन्।

नेपाली सेनाले भारतका वहालवाला सेनाप्रमुखसहित १२ जनालाई आफ्नो स्थापना दिवसमा भाग लिन निम्तो पठाएको थियो। त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाणे शनिबार नेपाल आउने सेनाले बताएको बताएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्वप्रमुखहरुले भाग लिनेछन्। त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उनीहरु सहभागी हुने सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

सैनिक मुख्यालय जंगी अड्डामा ७ फागुनमा प्रधानसेनापति प्रभुराम शर्मासहित समकक्षीसँग उनीहरुको भेटघाट र छलफल हुनेछ। महाशिवरात्रि तथा सेना दिवस अवसरमा सोही दिन बेलुकी जंगी अड्डाामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय सेनाका पूर्वप्रमुखहरुको सहभागिता रहनेछ।नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा छ।

kumari

प्रकाशित: Feb 17, 2023| 12:35 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।