सोमबार, वैशाख १४, २०८३

कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया हुँदै

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने भएको छ।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने भएको छ। सोही अनुरुप पहिलो शल्यक्रियाको तयारी थालिएको उनीसँगै रहेका युवा नेता तथा व्यवसायी योगराज कँडेलले नेपाल समयलाई बताए।

National life

ग्यास सिलिन्डरबाट सल्किएको आगोको लप्को लागेर गम्भीर अवस्थामा मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको शल्यक्रिया गरिने भएको हो।

'हामीले पैसा जम्मा गरिसकेका छौं। अब केहीबेर मै चिकित्सकहरूले शत्यक्रिया हुन्छ भन्नु भएको छ,' उनले भने। भण्डारीको हृदयको चाल ठिक रहेको उनको भनाइ छ।

आगोको लप्को र धुँवाका कारण फोक्सोमा असर गरेसँगै गम्भीर रहेका नेता भण्डारीलाई बिहीबार थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो। भण्डारीलाई अहिले आईसीयूमा राखिएको छ।

प्रकाशित: Feb 17, 2023| 11:23 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।