सोमबार, वैशाख १४, २०८३

दुई ठेकेदार कम्पनी कालोसूचीमा

सात वर्षअघि काम थालेर पटक पटक म्याद थपे पनि दुईवटा पक्की पुल अलपत्र छोड्ने निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय बागलुङले कारबाही गरेको छ।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

बागलुङ- सात वर्षअघि काम थालेर पटक पटक म्याद थपे पनि दुईवटा पक्की पुल अलपत्र छोड्ने निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय बागलुङले कारबाही गरेको छ। 

National life

सार्वजनिक खरिद ऐनको बर्खिलाप गरेको भन्दै कार्यालयले वाई पी कन्स्ट्रक्सन र रफिना निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द गरेको हो।

डिभिजनकै सिफारिसमा संघीय सडक तथा सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सबै प्रक्रिया पुर्‍याएर कम्पनीलाई कालोसूचीमा समेत राखेको छ।

ढोरपाटन–५ को भुजीखोला पुल तथा गलकोट–८ र ९ जोड्ने दरमखोलाको पुल अलपत्र पारेपछि डिभिजनले उनीहरूलाई कारबाही गरेको हो। ३ करोड ३४ लाख लागतको पुलको पश्चिमतर्फको एक पिलर मात्र उठाइएको छ। 

ढोरपाटनको अधिकारीचौरमा निर्माण गरिने भुजीखोला पुल वाई पी रफिना संयुक्त निर्माण कम्पनीले ठेक्का लिएको थियो। २०७३ असोज ४ को ठेक्का सम्झौताअनुसार २०७४ को माघ ४ मा सकिनुपर्ने उल्लेख छ। 

kumari

लामो समय अलपत्र पारेर अन्तिम पटक २०७७ मंसिर १४ मा थपिएको म्यादमा पनि कुनै प्रगति नभएपछि कार्यालयले ठेक्का रद्दको प्रक्रिया थालेको थियो। गत मंसिर २३ मा कार्यालयको कारबाही गर्ने सूचनाउपर ठेकेदारले उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए।

प्रकाशित: Feb 17, 2023| 08:50 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।