शनिबार, जेठ २, २०८३

एमालेको 'ग्रास रुट' अभियान आजबाट, कुन नेतालाई कहाँ खटाइयो?

नेकपा (एमाले)को ‘ग्रास रुट’ अभियान आजबाट सुरु भएको छ। गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट यो अभियान सञ्चालनमा आउन लागेको हो।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं- नेकपा (एमाले)को  ‘ग्रास रुट’ अभियान आजबाट सुरु भएको छ। गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट यो अभियान सञ्चालनमा आउन लागेको हो। 

National life

एमाले अध्यक्ष केपी शर्मा ५ फागुनमा सात प्रदेश र विदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरे पछि सो अभियान सुरु हुने एमालेले जनाएको छ।

एमाले अनुसार  बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन्। जसअनुसार एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ। 

कुन नेता कहाँको जिम्मेवारी?

प्रदेश–१

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरू शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिम्मत कार्की

मधेस प्रदेश

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरू गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल

बागमती प्रदेश

उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ

गण्डकी प्रदेश

उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पद्माकुमारी अर्याल, नेताहरू किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा

लुम्बिनी प्रदेश

उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्बाहाम्फे ।

कर्णाली प्रदेश

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी

सुदूरपश्चिम प्रदेश

उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, बिन्दा पाण्डे र कर्णबहादुर थापा

विशेष कमिटी (केन्द्रीय कार्यालय)

महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल र नेता डा भीष्म अधिकारी

प्रकाशित: Feb 17, 2023| 08:01 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...