सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ल्होत्से मल लुटपाटमा संलग्न धेरैजसो चालक र सहचालक, १५ जना पक्राउ

ल्होत्से मल लुटपाटमा संलग्न धेरैजसो चालक र सहचालक, १५ जना पक्राउ

यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइल चोरी गरेका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले जनाएको छ।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

प्रहरीले ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जनालाई पक्राउ गरेको छ। 

National life

यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइल चोरी गरेका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले जनाएको छ।्

भिडियोमा देखिएका मुख्य-मुख्य व्यक्तिहरु पक्राउ परेका हुन्। थप केही निगरानीमा रहेको प्रहरीले बताएको छ। पक्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सहचालक छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार भएको घटनामा चार जनालाई पहिल्यै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। मोबाइल चोर्दाचोर्दै सुरक्षागार्डले नियन्त्रणमा लिएर उनीहरुलाई प्रहरीको जिम्मा लगाएका थिए। आन्दोलनका क्रममा परिस्थिति प्रहरीको नियन्त्रण बाहिर गएको मोका छोपेर उनीहरुले दुई वटा पसलमा तोडफोड र लुटपाट गरेका थिए।

बालाजु, लोत्से मलमा आगजनी, तोडफोड र लुटपाट गर्ने मुख्य व्यक्तिहरू

१. नाम : सुरज मगर (ताप्ले)
उमेर : १९ वर्ष
ठेगाना : पाँचखाल, काभ्रे
हाल : का.जि.जरङ्खु
पेशाः सहचालक

२. नाम : रितेश वस्नेत (भेना)
उमेर : ३० वर्ष
ठेगाना : चौदण्डी-०५, उदयपुर
हाल : का.जि.तार्केश्वर
पेशाः ज्याला मजदुरी

३. नाम : यमन राई
उमेर : ३० वर्ष
ठेगाना : बेलवारी-०४, मोरङ
हाल : का.जि.तार्केश्वर
पेशाः ज्याला मजदुरी

आगजनी तथा तोडफोडमा संलग्न व्यक्तिहरू :

१. नाम : सुनिल कालिकोटे
उमेर : १८ वर्ष
ठेगाना : ककनी-०८, नुवाकोट
हाल : का.बालाजु
पेशाः विद्यार्थी

२. नाम : रोमन नगरकोटी (सिगाने)
उमेर : २२ वर्ष
ठेगाना : का.म.न.पा.१६, माछापोखरी
पेशाः व्यापार

३. नाम : सुदिप तामाङ
उमेर : १८ वर्ष
ठेगाना : ककनी-०७, नुवाकोट
हाल : का.जि.बालाजु
पेशाः विद्यार्थी

४. नाम : माधव शाही
उमेर : ३३ वर्ष
ठेगाना : का.म.न.पा.१६, माछापोखरी
पेशाः व्यापार

५. नाम : केशर राई
उमेर : १९ वर्ष
ठेगाना : सुर्यगढी-०४, नुवाकोट
हाल : का.जि.लोलाङ
पेशाः सहचालक

६. नाम : ईन्द्र तामाङ
उमेर : १८ वर्ष
ठेगाना : सिन्धुलिगढी-०६, सिन्धुली
हाल : का.जि.जरङ्खु
पेशाः सहचालक

७. नाम : ईलाराज गुरूङ
उमेर : २६ वर्ष
ठेगाना : निलकण्ठ-०६, धादिङ
हाल : का.जि.तार्केश्वर
पेशाः ड्राईभर

८. नाम : राजन राउत
उमेर : २७ वर्ष
ठेगाना : उदयपुरगढी-०६, उदयपुर
हाल : का.जि.ढुङ्गेधारा
पेशाः सहचालक

९. नाम : हरिशरण तामाङ
उमेर : २८ वर्ष
ठेगाना : नमोबुद्ध-०२, काभ्रे
हाल : का.जि.सामाखुसी
पेशाः ड्राईभर

१०. नाम : विकाश गुरूङ
उमेर : १८ वर्ष
ठेगाना : निलकण्ठ-०६, धादिङ
हाल : का.जि.तार्केश्वर
पेशाः सहचालक

११. नाम : संविधान परियार
उमेर : २७ वर्ष
ठेगाना : रत्ननगर-११, चितवन
हाल : का.जि.डल्लु
पेशाः ड्राईभर

१२. नाम : कविन खड्गी
उमेर : १९ वर्ष
ठेगाना : का.म.न.पा.-२६, सामाखुसी
हाल : का.जि.तार्केश्वर
पेशाः वेटर

प्रकाशित: Feb 16, 2023| 12:24 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।