सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ग्यास सिलिन्डर विस्फोटमा घाइते सांसद भण्डारीकी आमाको निधन

ग्यास सिलिन्डर विस्फोटमा घाइते सांसद भण्डारीकी आमाको निधन

ग्यास सिलिन्डर विस्फोटपछि घाइते भएकी सांसद भण्डारीकी ८९ वर्षीया आमा हरिकलाको बिहीबार बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको अस्पतालले पुष्टि गरेको हो।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

National life
kumari

काठमाडौं– बुधबार १० बजे राती ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ। ग्यास सिलिन्डर विस्फोटमा परेर घाइते भएका सांसद भण्डारी र उनकी आमा हरिकलालाई बुधबार राती नै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागिएको थियो। 

८९ वर्षीया हरिकलाको बिहीबार बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिमा ताम्राकारले बताइन्।

आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ। भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएपछि थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी छ।

प्रकाशित: Feb 16, 2023| 11:47 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।