बिहीबार, साउन ७, २०८३

बेल च्याम्पियन्स लिगमा सीएसकेएविरुद्ध नखेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मड्रिड (एजेन्सी)-वेल्स तथा रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल च्याम्पियन्स लिगमा सीएसकेए मस्कोसँगको खेल गुमाउने भएका छन् । इन्जुरीका कारण उनी मंगलबार राति हुने च्याम्पियनस लिगमा मस्कोसँगको खेल गुमाउने भएका हुन् । 

यस सिजन चार गोल गरिसका बेल शनिबार आफ्नो सहरको प्रतिद्वन्द्वि एथलेटिको मड्रिडसँगको खेल दौरना घाइते भएका थिए । गोल रहित बराबरी भएको उक्त खेलमा बेल घाइते हुनै पहिलो हाफमा नै मैदान बाहिरिएका थिए । 

कप्तान सर्जिओ रामोस, डिफेन्डर मार्सेलो र मिडफिल्डर इस्को पनि टिममा अनुपस्थिती थिए । रियलले पछिल्लो तीन बर्ष च्याम्पियनस लिग जित्दै आएको छ । यस सिजन च्याम्पियन्स लिगको आफ्नो सुरुवाती खेलमा रियलले रोमालाई पराजित गर्दै सुखद सुरुवात समेत गरेको छ । 

आफ्नो पहिलो खेलमा रियलले रोमालाई ३-० ले पराजित गरेको थियो । रियल ला लिगामा दोस्रो स्थानमा छ । तर, पछिल्ला दुई खेलमा कुनै खेल जित्न सकेका छैन । रामोसले यस सिजनका सबै लिग खेल खेलेका छन् । तर, प्रशिक्षक जुलेन लोपेटेगुईका अनुसार स्पेनिस सेन्टर-ब्याकलाई मस्को यात्रामा बिश्राम दिइएको छ । 

प्रशिक्षक लोपेटेगुईले भने, ‘सर्जिओ रामोस खेल्ने छैनन् किनकी उनी लिगमा बसै खेलाडी भन्दा बढि खेलेका छन् । बाँकी सिजनका खेलका लागि उनको उर्जालाई बचाइराख्न जरुरी छ ।’ उनले थपे, ‘व्यवस्थापन अनुसार उनी मस्कोमा छैनन् । किनकी मैले फैसला गरेको थिए ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।