सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिँदै

कांग्रेस सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिँदै

सांसद भण्डारीलाई डाक्टरको सिफारिसअनुसार मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा लैजाने तयारी थालिएको उनको सचिवालयले जानकारी दिएको हो।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं– कांग्रेस सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी थालिएको छ। सांसद भण्डारी र उनकी आमा ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएका थिए।

National life

कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत भण्डारी र उनकी आमालाई चिकित्सकले नेपालमा  उपचार सम्भव नभएकाले विदेशको कुनै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरिसकेका छन्।

सांसद भण्डारीलाई डाक्टरको सिफारिसअनुसार मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा लैजाने तयारी थालिएको उनको सचिवालयले जानकारी दिएको हो। भण्डारीकी आमाको कीर्तिपुरमै उपचार गरिनेछ। 

बुधबार राती बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला जलेर घाइते भएका थिए।

राती नै कीर्तिपुर अस्पतालमा लगिएका उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ। अस्पतालले सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको बुलेटिन सार्वजनिक गरेको छ।

kumari

आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको बताइन्छ।

प्रकाशित: Feb 16, 2023| 10:58 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।