सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र पाँचजना घाइते भएका छन्। जिल्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं- जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र पाँचजना घाइते भएका छन्। जिल्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। 

National life

गएराति ७ बजे कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको  ट्याक्टर दुर्घटना हुँदा पातारासी–२ का अन्दाजी ५२ वर्षीय अमिर बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीका अनुसार दुर्घटनामा पातारासी–३ का २९ वर्षीय सुर बुढा, १२ वर्षीया सरिता बोहरा, ५० वर्षीय लोगबहादुर बोहरा, ३० वर्षीया मायादेवी बोहरा र ५० वर्षीय परेक बोहरा घाइते भएका छन्।

घाइतेको अवस्था सामान्य भएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर चालक भने फरार रहेका प्रहरीले जनाएको छ।  

प्रकाशित: Feb 16, 2023| 10:57 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।