सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरा विमान दुर्घटना : १४ सेकेन्डअघि मात्र फ्लाइट कमाण्ड परिवर्तन

पोखरा विमान दुर्घटना : १४ सेकेन्डअघि मात्र फ्लाइट कमाण्ड परिवर्तन

गत माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्स दुर्घटना हुन करिब १४ सेकेन्ड अघिमात्र फ्लाइट कमाण्ड परिवर्तन भएको पाइएको छ।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं- गत माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्स दुर्घटना हुन करिब १४ सेकेन्ड अघिमात्र फ्लाइट कमाण्ड परिवर्तन भएको पाइएको छ।

National life

दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले जहाज दुर्घटना हुन १४ सेकेण्ड बाँकी छँदा मात्र प्रशिक्षार्थी अञ्जु खतिवडाको कमाण्डबाट प्रशिक्षक क्याप्टेन कमल केसीले जहाजको नेतृत्व लिएको निष्कर्ष निकालेको हो।

प्रतिवेदनमा भनिएको छ, ‘जहाज दुर्घटना हुनुभन्दा १४ सेकेन्ड अघि मात्र दोस्रो पाइलट जहाज नियन्त्रणको सिटमा बसेका छन्। जतिबेला जहाज जमिनदेखि ३११ फिट माथि थियो। को–पाइलटले जहाज नियन्त्रण गर्न नसकेपछि मुख्य पाइलटले जहाजको नेतृत्व लिएको देखिन्छ।

'जहाज निकै तल झरिसकेको र जहाज मोड्न खोज्दा जहाजका दुबै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिएको छ। जसका कारण इन्जिनले काम गर्न नसक्दा सेती खोचमा झर्न पुगेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ। त्यसदिन वातावरण सफा रहेकोसमेत जाँज बुझ समितिले प्रतिवेदनमा भनेको छ। 

जहाज १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती खोँचमा खसेको थियो। जहाज लेन्डिङ हुन करिब १ मिनेटअघि मात्र दुर्घटनाग्रस्त हुन पुगेको प्रतिवेदनमा उल्लेख छ।

kumari

प्रकाशित: Feb 16, 2023| 08:43 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।