सोमबार, वैशाख १४, २०८३

मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ। यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

National life
kumari

विराटनगर- मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ। यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ।

औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ। मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहताले जानकारी दिए।

मोरङमा यस अघि ११औँ पटकसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको थियो। ‘सफलता प्राप्त नभएपछि १२औँ पटक औषधि खुवाउन लागेका छौँ’, प्रमुख मेहताले भने ‘यो अभियान १४ दिनसम्म सञ्चालन गर्छौँ।’ गर्भवती, छारेरोग भएका, सात दिनका सुत्केरी, सिकिस्त बिरामीबाहेक दुई वर्षमाथिका सबैले जुकाको औषधिसहित तीन प्रकारको औषधि खानुपर्ने हुन्छ।

प्रकाशित: Feb 16, 2023| 08:16 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।