सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिरहाको सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चोरी

सिरहाको सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चोरी

सिरहाको सिरहा नगरपालिका–१२ सारस्वरमा अवस्थित रहेको ऐतिहासिक प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट मङ्गलबार राति ज्योतिर्लिङ्गमुनि रहेको चाँदीको जलहरी तथा दानपेटिका चोरी भएको छ।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

सिरहा- सिरहाको सिरहा नगरपालिका–१२ सारस्वरमा अवस्थित रहेको ऐतिहासिक प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट मङ्गलबार राति ज्योतिर्लिङ्गमुनि रहेको चाँदीको जलहरी तथा दानपेटिका चोरी भएको छ।

National life

जिल्लास्थित प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता रामचन्द्र शाहका अनुसार राति अन्दाजी १२ बजेतिर मन्दिरमा चोरी भएको हो। उनका अनुसार चार केजीको चाँदीको जलहरी र अन्दाजी तीन हजार रुपैयाँसहितको दानपेटीका मन्दिरबाट चोरी भएको छ।

प्रहरीका अनुसार चोरी गर्ने व्यक्तिको पहिचान अहिलेसम्म भएको छैन। 'मन्दिर परिसरमा रहेको सिसिटिभी क्यामेराको रिसिभर पनि चूँडाएर लगेपछि अनुसन्धानमा समस्या भएको छ', निमित्त प्रवक्ता शाहले भने, 'प्रहरीले अन्य विधिबाट चोरी गर्ने समूहको खोजी तीव्र पारेको छ।'

चोरी भएको दानपेटीका भने मन्दिरभन्दा करिब डेढ सय मिटर पर फुटाएर त्यसमा रहेको पैसा लिएर गएको अवस्थामा फेला परेको शाहले जानकारी दिए। चोरी भएको चाँदीको जलहरी पाँच लाख बढी मूल्य पर्ने बताइएको छ। विशेषगरी साउनको सोमबारमा यस मन्दिरमा धेरै टाढाटाढाबाट आउने भक्तजनको घुइँचो लाग्ने गर्छ।

प्रकाशित: Feb 16, 2023| 08:07 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।