आइतबार, चैत १५, २०८२

बंगबन्धु गोल्ड कप : नेपाल ताजिकिस्तानसँग पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-बंगलादेशमा जारी बंगबन्धु गोल्ड कप अन्तर्गत साबिकको विजेता नेपाली राष्ट्रिय फुटबल टोली आफ्नो पहिलो खेलमा ताजिकिस्तानसँग पराजित भएको छ । बंगलादेशको सिलेटस्थित रंगशालामा मंगलबार भएको  खेलमा नेपाल ताजिकिस्तानसँग २-० को गोल अन्तरले पराजित भएको हो । 

यससँगै नेपालको उपाधि यात्राको सुरुवात हारबाट भएको छ । ताजिकिस्तानले खेलको २७ औं मिनेटमा अग्रता लिएको थियो । निकै नै आक्रमक देखिएको ताजिकिस्तानले पेनाल्टि मार्फत गोल गर्दै अग्रता लिएको थियो । 

नेपाली टोलीका रक्षक अनन्त तामाङले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा फाउल गरेपछि ताजकिस्तानले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई ताजिकिस्तानका फाथ्खुल्लो फाथुएल्लोभले गोलमा परिणत गर्दै पहिलो हाफमा १-० को अग्रता दिलाए । 

दोस्रो हाफमा दुबै टोलि निकै नै आक्रमक देखिए पनि ताजिकिस्तान थप एक गाेल गर्न सफल भयाे । दाेस्राे हाफको ६९ अाै‌ मिनेटमा ताजिकिस्तानले थप एक गाेल गर्दै खेल २-० ले  जितेकाे हाे ।

नियमित कप्तान विराज महर्जन पहिलो हाफमा घाइते भएपछि टोलीको कप्तानी नीराजन खड्काले सम्हालिरहेका थिए भने विराजको ठाँउमा सुमन महर्जन मैदान प्रवेश गरेका थिए ।

यस प्रतियोगितामा राष्ट्रिय टोलीको पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द भने उपटस्थित थिएनन् । दुवै खेलाडी विदेशी लिगमा खेल्ने भएकाले आफ्नो क्लबको खेलमा नै व्यस्त भएकाले यस खेलका लागि उपस्थित थिएनन् । 

साफपछि किरणले टीसी स्पोर्ट्सको लागि लिग खेल्दै छन् भने यता रोहितले पनि इन्डोनेसिया डर्बीमा खेलि रहेका छन् । समूह ‘ए’ मा रहेको नेपाले अाफ्नाे दाेस्राे खेल ६ अक्टोवरमा प्यालेस्टाइनसँग खेल्नेछ । दुबै समूहका शीर्ष दुई टोलीले प्रतियोयोगिताकाे सेमिफाइनलमा स्थान बनाउने छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।