सोमबार, वैशाख १४, २०८३

एकैदिन देशभर ९ जना मृत फेला

प्रहरीका अनुसार मकवानपुर, जुम्ला, पर्सा, झापा लगायतका जिल्लामा उनीहरु मृत फेला परेका हुन्।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं- बुधबार देशका विभिन्न जिल्लामा ९ जना मृत फेला परेका छन्। 

National life

प्रहरीका अनुसार मकवानपुर, जुम्ला, पर्सा, झापा लगायतका जिल्लामा उनीहरु मृत फेला परेका हुन्। 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ मा ६० वर्षीय एक पुरुष मृत फेला परेका छन्। स्थानीय सान्नानटारस्थित गोठमा ज्याला मजदुर गरी हिँड्ने एक पुरुष मृत फेला परेका हुन्। उनको नाम र वतन भने खुलेको छैन।

त्यस्तै जुम्लाको सिँजा गाउँपालिका– ५ सनिगाउँ बस्ने ८० वर्षीय कार्मा रोकाया पनि मृत फेला परेका छन्। रोकाया आफ्नै घरबाट करिब ५० मिटर टाढा आफ्नै बारीमा बुधबार मृत फेला परेका हुन्। उता पर्साको पर्सागढी नगरपालिका–१ कोइलाभार बस्ने ६० वर्षीय लालबहादुर भुजेल पनि मृत फेला परेका छन्। उनी आफ्नो घरदेखि करिब ३ किलोमिटर टाढा जंगलमा मृत फेला परेका हुन्। स्याउला काट्न जंगल गएका उनी सोमबारदेखि वेपत्ता थिए।

त्यसैगरी झापामा पनि २ वृद्धवृद्धा मृत फेला परेका छन्।  जिल्लाको गौरादह नगरपालिका–९ मा पनि एक वृद्ध फेला छन् भने सोही नगरपालिका २ बस्ने अर्की एक वृद्धा पनि मृत फेला परेकी छन्। स्थानीय बैगुन्धुरास्थित बाङ्गे बजारमा कमल गाउँपालिका–१ बस्ने ६० वर्षीय सुनिराम हेमरम र वडा नम्बर २ बस्ने ८६ वर्षीय धनमाया ढकाल आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छन्। 

kumari

भोजपुरको आमचोक गाउँपालिका–४ सुनरपुल बस्ने ४३ वर्षीय भद्रबहादुर बिक पनि मृत फेला परेका छन् भने चितवन रत्ननगर नगरपालिका एक युवक मृत फेला परेका छन्। 

रत्ननगरपालिका–७ बद्रेनीस्थित राप्ती नदीमा भरतपुर महानगरपालिका–११ बस्ने ३१ वर्षीय प्रसन्न न्यौपाने  मृत अवस्थामा फेला परेका हुन्। बुलेटिनका अनुसार रामेछापको मन्थली नगरपालिका–१३ देविटारस्थित तामाकोसी नदीको किनारमा एक पुरुषको शव भेटिएको छ। शवबारे केही नखुलेको प्रहरीको भनाइ छ। 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रकाशित: Feb 15, 2023| 18:28 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।