शुक्रबार, मंसिर १२, २०८२

पूर्वाधार निर्माणको महत्वाकांक्षी योजना

सरकारले राप्ती उपत्यका अन्तर्गत राप्ती गाउँपालिका वडा नं ३ मा रहेको प्राविधिक शिक्षालय परिसरमा प्रदेश महत्वपूर्ण आयोजनाको रुपमा राजधानीको पूर्वाधार निर्माणको कार्यलाई अगाडि बढाएको हो।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं-लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी राप्ती उपत्यका(देउखुरी) मा स्थायी पूर्वाधार निर्माणको महत्वाकांक्षी योजना अगाडि बढाएको छ। सरकारले राप्ती उपत्यका अन्तर्गत राप्ती गाउँपालिका वडा नं ३ मा रहेको प्राविधिक शिक्षालय परिसरमा प्रदेश महत्वपूर्ण आयोजनाको रुपमा राजधानीको पूर्वाधार निर्माणको कार्यलाई अगाडि बढाएको हो।

National life

प्रदेश सरकार खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय अन्तर्गत निर्माण प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय र प्रशासनिक भवनको निर्माणकार्य सुरु गरिएको छ। प्रदेश स्थापना दिवशको अवसर पारेर आज मुख्यमन्त्री लीला गिरीले प्रदेश राजधानी व्यवस्थापन तथा निर्माण आयोजनाको शिलान्यास गरे।

सो अवसरमा उनले प्रदेश राजधानी व्यवस्थापनको थालनी गरिएको जनाउँदै यसलाई पूर्णता दिएर सङ्घीयतालाई स्थापित गर्न लाग्नुपर्ने बताए। उनले प्रदेश सरकारका सबै निकाय र निर्माण कम्पनीले आयोजनाको काम निश्चित समयमा सम्पन्न गर्न ध्यान दिनुपर्नेमा जोड दिए।

सो अवसरमार खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले राजधानी पूर्वाधार निर्माणको काम समयमा सम्पन्न गर्न बजेटको अभाव नहुने स्पष्ट पारे। उक्त आयोजना अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित नौ विभिन्न मन्त्रालय र प्रशासनिक भवनका लागि रु तीन अर्ब नौ करोड रकममा शर्मा/सगुन जेभी सीतापाइला काठमाडौँले निर्माण सम्झौता गरेको छ। आयोजनाको काम २०८२ पुस गत सम्पन्न गर्नुपर्ने संझौतामा उल्लेख गरिएको छ।

प्रकाशित: Feb 15, 2023| 22:30 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।