बिहीबार, साउन ७, २०८३

बंगबन्धु गोल्ड कप : नेपाल र ताजिकिस्तानबीचको खेल शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-बंगलादेशमा जारी बंगबन्धु गोल्ड कप अन्तर्गत साबिकको विजेता नेपाली राष्ट्रिय फुटबल टोली र ताजिकिस्तानबीचको खेल शुरु भएको छ । खेल बंगलादेशको सिलेटस्थित रंगशालामा शुरु भएको हो ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा ताजिकिस्तानको सामना गर्दा जितको लक्ष्य लिएर मैदानमा उत्रिएको छ । ढिला गरी बंगबन्धुमा सहभागिता जनाउने निर्णय गरेको नेपालले यही प्रतियोगिताको लागि भनेर एक सातामात्रै प्रशिक्षण गरेको थियो । 

यस प्रतियोगितामा राष्ट्रिय टोलीको पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द भने छैनन् । दुवै खेलाडी विदेशी लिगमा खेल्ने भएकाले आफ्नो क्लबको खेलमा नै व्यस्त छन् । 

साफपछि किरणले टीसी स्पोर्ट्सको लागि लिग खेल्दै छन् भने यता रोहितले पनि इन्डोनेसिया डर्बीमा खेलि रहेका छन् । नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन छन् । 

नेपालले ६ अक्टोवरमा प्यालेस्टाइनसँग खेल्नेछ । दुई समूहका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान स्थान बनाउने छ । 

नेपाली टोलीको पहिलो रोजाईका ११ खेलाडी

विकेश कुथु
विराज महर्जन (कप्तान)
अनन्त तामाङ
आदित्य चौधरी
दीनेश राजवंशी
निराजन खड्का
विशाल राई
तेज तामाङ
सुजल श्रेष्ठ
सुनील बल
विमल घर्ती मगर
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।