शनिबार, जेठ २, २०८३

निलम्बित सांसद अरुण चौधरीको आज बयान लिइँदै

निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीको आज बयान लिइने भएको छ।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

National life

धनगढी- निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीको आज बयान लिइने भएको छ। २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको आरोपमा जिल्ला कारागार कैलालीमा रहेका चौधरीको आज वयान लिन लागिएको हो। उनलाई बयानका लागि जिल्ला अदालत कैलाली लगिने छ।

१९ माघमा बाँकेबाट पक्राउ गरेका कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो। २९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो।

उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने छन्। ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले केहिदिन अघि बाँकेबाट पक्राउ गरेको थियो।

प्रकाशित: Feb 15, 2023| 09:51 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...