सोमबार, वैशाख १४, २०८३

तराईमा बिहानीपख कुहिरो लाग्ने

हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि बिहानीको समयमा तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्नेक्रम जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं- हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि बिहानीको समयमा तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्नेक्रम जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका पहाडी भूभागमा आंशिक बदली रहने भए पनि अन्य भूभागमा मौसम सफा रहने छ।

National life

विभागका अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ। बाँकी भूभागमा मौसम सफा रहने छ। तराईमा कुहिरो लागे पनि दिउँसो घाम लाग्नेछ। 

त्यसैगरी फागुन ४ गते बिहीबार सुदूरपश्चिम, प्रदेश १, बागमती प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा मौसम सफा रहने विभागको भनाइ छ।

त्यस्तै, फागुन ५ गते शुक्रबार पनि देशको पहाडी भूभागमा आंशिक बदली हुनेछ। तराईमा लाग्ने कुहिरोले केही समय अझै साँझ विहान चिसोको अनुभव हुने भएकाले आवश्यक सतर्कता राख्न विभागको आग्रह छ।

प्रकाशित: Feb 15, 2023| 07:31 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।