सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टर्कीका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासंघको राहत

टर्कीका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासंघको राहत

प्रभावित क्षेत्रमा पठाउनका लागि महासङ्घले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायतास्थललाई सहायता सामग्री हस्तान्तरण गरेको छ।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

National life
kumari

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले टर्कीएका भूकम्प पीडितलाई राहत सामग्री सहयोग गरेको छ। प्रभावित क्षेत्रमा पठाउनका लागि महासङ्घले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायतास्थललाई सहायता सामग्री हस्तान्तरण गरेको छ। 

महासङ्घले आज विज्ञप्ति जारी गर्दै सहयोग सामग्रीमा ज्याकेट, टाउजर, स्लीपीङ ब्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लब्स, ब्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर, आइभी सेटलगायत रहेको जनाएको छ। सहायता सामग्रीका लागि महासङ्घको सदस्य संस्था रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपालको समेत सहयोग रहेको विज्ञप्तिमा उल्लेख छ। 

महासङ्घले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिमा परेका टर्कीएका नागरिकका लागि राहत सामग्री पठाएको जनाएको छ।

प्रकाशित: Feb 14, 2023| 18:56 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।