आइतबार, चैत १५, २०८२

यू–१९ एसिया कप : नेपालसँग युएई ३ विकेटले पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-बंगलादेशमा जारी एसीसी यू-१९ एसिया कपमा सुमह चरणको अन्तिम खेलमा रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङसँगै नेपालले युएईलाई ३ विकेटले पराजित गरेको छ । यसअघिका दुबै खेल गुमाएको नेपालले आफ्नो अन्तिम खेलमा सान्तोना जित निकालेको हो ।

युएईले दिएको २ सय ६९ रनको लक्ष्य नेपालले ४९ ओभर १ बलमा ७ विकेट गुमाउदै २ सय ७५ रन बनाउदैँ लक्ष्य पुरा गरेको हो । नेपालको जीतमा रोहित नायक सावित भए । रोहितले ८८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ९२ रन बनाएपछि नेपालको जित संभव भएको हो । 

सुरुमा धैर्यताका साथ ब्याटिङ गरेका रोहितले अन्तिम ५ ओभरमा विस्फोटक ब्याटिङ गर्दै नेपालको जित संभव बनाएका हुन् । रोहित ४९ औँ ओभरको अन्तिम बलमा रन आउटको शिकार हुन पुगे । त्यस्तै छक्का हान्दै नेपाललाई जिताएका रसिद खानले १४ बलमा ३ छक्का प्रहार गर्दै २७ रन को आक्रमक पारी खेल्दै जीतको स्वाद चखाए ।

त्यस्तै सन्दीप जोराले ६७, कप्तान आरिफ शेख ३५ र रित गौतमले १८ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । युएईका लागि आर्यन लेकरा र एरोन बेन्जामिनले समान २-२ विकेट लिए । 

यसअघि युएईका लागि कप्तान फाहद नवाजले ८३ रन जोड्दा अंश टन्डनले ६७ रनको अर्धशतकीय पारी खेले । दुवैले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए । नेपालका नन्दन यादव, राशिद खान र पवन सर्राफले समान २-२ विकेट लिए ।

नेपाल यस अघि भारतसँग १ सय ७१ रनको फराकिलो अन्तर र अफगानिस्तानसँग ३ विकेटले पराजित भएको थियो । अन्तिम खेलमा युएईलाई ३ विकेटले पराजित गर्दै एसिया कप सुखद अन्त्य गरेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।