आइतबार, जेठ ३, २०८३

शिवम् सिमेन्ट उपहार योजनाको दोस्रो महिना ७० विजेता

भाग्यशाली उपभोक्तातर्फ ३० जना र विक्रेतातर्फ ४० जना विजेता लक्की ड्रमार्फत छानिएका हुन्।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

शिवम् सिमेन्टले सञ्चालन गरेको ‘शिवम्सँग उपहार टन्न’ नामक उपहार योजनाको मासिक लक्की ड्रअन्तर्गत दोस्रो महिनाको विजेता चयन गरिएको छ। जसअनुसार भाग्यशाली उपभोक्तातर्फ ३० जना र विक्रेतातर्फ ४० जना विजेता लक्की ड्रमार्फत छानिएका हुन्।

National life

हालसम्म लक्की ड्रबाट उपभोक्तातर्फ ६० जना तथा विक्रेतातर्फ ८० जना भाग्यशाली विजेता बनिसकेको तथा ‘स्योर सट’ पुरस्कारमार्फत एक लाख ५० हजारभन्दा बढीले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरेको कम्पनीले जनाएको छ। शिवम् सिमेन्टले मंसिर १८ गतेदेखि लागू गरेको उपहार योजनाअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हात खाली नहुने स्क्र्याच कुपन प्राप्त गरी दुई सयदेखि पाँच सय रुपैयाँ नगद वा १५ ग्राम चाँदीको सिक्का अथवा २.५० ग्रामदेखि पाँच ग्रामसम्मको सुनको सिक्का वा सुनको सिक्री प्राप्त गर्ने जनाइएको छ। त्यस्तै, सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। 

दोस्रो चरणको लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कारबापत बागमती–पोखरा क्षेत्रबाट विकास कोइराला र उपत्यकाबाहिरबाट रामप्रवेश यादव गरी दुई जोडीले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेको जनाइएको छ। दोस्रो पुरस्कारअन्तर्गत दियालक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनककुमार झासहित चार जोडी विजेताले हेलिटुर पुरस्कारबापत जितेको उल्लेख छ।

त्यस्तै, तेस्रो पुरस्कारअन्तर्गत फेवा कन्स्ट्रक्सन, दीपेन्द्रकुमार झा, केशवकुमार, शर्मिला केसी, नितु मानन्धर तथा थप एकजनासहित ६ जनाले आधा–आधा केजी चाँदी उपहार प्राप्त गरेको कम्पनीले जनाएको छ। चौथो पुरस्कारबापत आठजनालाई हिराको औँठी तथा अन्य पुरस्कारअन्तर्गत १० जोडीले माउन्टेन फ्लाइट उपहारस्वरूप जितेको जनाइएको छ।  

कम्पनीले हाल अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री–वितरण गर्दै आएको जनाएको छ। 

प्रकाशित: Feb 14, 2023| 15:19 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्