आइतबार, जेठ ३, २०८३

कोकाकोलाले ल्यायो नयाँ पेय पदार्थ 'चार्ज्ड'

सोमबार एलओडीमा एक कार्यक्रम आयोजना गरी चार्ज्ड पेय पदार्थ सार्वजनिक गरिएको हो।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

कोकाकोला नेपालले 'चार्ज्ड' नामको नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ। सोमबार एलओडीमा एक कार्यक्रम आयोजना गरी चार्ज्ड पेय पदार्थ सार्वजनिक गरिएको हो।

National life

‘यो नयाँ पेय पदार्थले उपभोक्तालाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजी जिङ प्रदान गर्दछ’ कोकाकोलाले एक विज्ञप्तिमार्फत उत्पादनबारे जानकारी दिँदै भनेको छ ‘चार्ज्डको लञ्चसँगै बेभरेज पोर्टफोलियोमा एउटा नयाँ स्वाद थपिएको छ –बेरी बोल्ट।’

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले यस उत्पादनमा भएको बेरी बोल्टको स्वाद युवाहरुले मन पराउने बताए। त्यस्तै बोटलर्स नेपालका म्यानेजिङ डाइरेक्टर दिपक सेन्ठिल नाथले उपभोक्तालाई नयाँ स्वादसँगै स्थानीयपन पनि पस्किँदै कोकाकोला एक पूर्ण बेभरेज कम्पनी बन्ने रणनीति रहेको बताए।

उनले भने ‘चार्ज्डको लञ्चले हाम्रो उत्पादन पोर्टफोलियोलाई विस्तार मात्र गरेको छैन, नेपाली युवाहरुको रोजाइलाई सम्बोधन प्रयास गरेको छ।’ चार्ज्ड नेपालभरका किराना पसल लगायत डिपार्टमेन्ट स्टोरहरुमा २५० एमएलको पुनः प्रयोग हुने पेट बोतलमा उपलब्ध छ।

प्रकाशित: Feb 14, 2023| 14:49 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्